७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण

बजेटबारे देउवाले भने– जे मन लाग्छ त्यही गर्नु !

बजेटबारे देउवाले भने– जे मन लाग्छ त्यही गर्नु !
फाईल फोटो
अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबारे अहिले संसदमा छलफल जारी छ ।

वर्तमान सरकारले गत जेठ १५ मा प्रस्तुत गरेको बजेट यसपटक धेरै विवादास्पद पनि भएको छ । बजेटमा तार काट्ने मुसा पस्नेदेखि लिएर बजेटका शीर्षक शीर्षकमै छिरेर करका दरहरु बदल्ने काम भएको भन्दै विपक्षी र कतिपय सत्तापक्षकै सांसदहरुले पनि बजेटको विरोध गरिरहेका छन् ।

पछिल्ला केही दिनयता यस्तोसम्म दृश्य संसदमा देखिएको छ कि बजेटको विरोध गर्नेमा संसदका विपक्षी दलभन्दा सत्तारुढ दलहरु नै छन् । हिजोमात्रको कुरा गर्ने हो भने पनि कांग्रेसकै सांसद रमेश लेखकले बजेट संशोधन गर्नुपर्ने अडान राखेका छन् ।

बजेटबारे उठेका प्रश्नको जवाफमा अर्थमन्त्रीले नै बजेट संशोधन हुदैन भन्ने अडान राखिरहेका बेला उनकै पार्टी कांग्रेसका नेता लेखकले भने सरकार बजेट संशोधन गर्न तयार हुनुपर्ने तर्क राखेका थिए । यसले बजेटको विरोध गर्ने गरेका सत्तारुढ दल नेकपा एस र जसपालाई झन् ठूलो बल प्रदान गरेको छ ।

यहाँ प्रसंग प्रमुख सत्तारुढ दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको हो । देउवा दम्पत्ति सिंगापुरबाट शुक्रबार फर्किएका छन् । त्यसलगत्तै अर्थमन्त्रीले देउवालाई बजेटमा भएको विरोध र यसमा सहभागी नेता तथा दलहरुका बारेमा जानकारी गराएका थिए ।

त्यसलगत्तै शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेकपा एसका नेता माधव नेपाल बसेका थिए । सो बसाईमा जसपाका नेता उपेन्द्र यादवलाई पनि आमन्त्रण गरिए पनि उनको पार्टीको विधान अधिवेशन त्यस दिन अवेरसम्म भएकाले उनी जान सकेनन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बसेको थियो । तीन शीर्षको सो बैठकमा पनि सुरुमै प्रसंग उठ्यो बजेटको ।

लौन बजेट के गर्ने हो ? संशोधन गर्नुपर्यो– माधव नेपालले भने । यो बजेटमा सबैभन्दा बढी अप्ठेरोमा छन् उनी । किनभने उनका सांसदहरुले बजेटको विपक्षमा मत हाल्ने कुरा सार्वजनिक रुपमै भनेका छन् । प्रेमबहादुर आलेले गेटा मेडिकल विश्वविद्यालय राखेर बजेट संशोधन नगर्ने हो भने आफूले विपक्षमा मत हाल्ने कुरा प्रधानमन्त्री, अर्थमन्त्री र माधव नेपालकै अघि भनेका थिए । उता राजेन्द्र पाण्डेले त झन् सार्वजनिक रुपमै– माधव नेपालले गरे गर्नुहुन्छ हामीले बजेटको विपक्षमा भोट हाल्छौँ भनेका छन् ।

जसपाले पनि बजेटमा संशोधन खोजेको छ । उसले बजेटको विरोध गरिरहेको छ । अर्थमन्त्री र प्रधानमन्त्रीका जिल्लामा बजेट खन्याएपछि उसले यसको विरोध गरेको छ । यो पक्षमा कांग्रेसका पनि कतिपय सांसदहरु छन् जसले सांसद विकास कोषमा पैसा राखेर पार्टीको बदनाम भएको भन्दै विरोध गरेका छन् ।

अहिले भनेजस्तै यिनीहरुले मत नदिँदा बजेट पास नहुने भएकाले प्रधानमन्त्री प्रचण्डलाई यी दुई दलको डर छ । त्यसैले उनले पनि बजेटमा संशोधन खोजिरहेका छन् । शनिबार साँझ पनि प्रधानमन्त्रीले माधव नेपालको हो मा हो मिलाए । ‘बजेट संशोधन गरौँ नत, आखिर हाम्रै कार्यक्रम राख्ने त हो, के बिग्रिन्छ र ?’– प्रधानमन्त्रीको भनाई थियो ।

यतिञ्जेल नबोली बसेका सभापति देउवा बोले । उनले एक सेन्टेन्समा जवाफ दिए– जे मन लाग्छ त्यही गर्नुस् । तपाइँले यसो भनेर कहाँ हुन्छ ?  माधव नेपालको प्रतिप्रश्न आयो । त्यसपछि देउवाले भने– ‘हैन, हामी सत्तारुढ दल, हामीले बजेट ल्याएको अनि हामीले नै यसरी सार्वजनिक रुपमा आफ्नै बजेटको विरोध गर्ने, कुनै पनि हालतमा पास हुन दिँदैनौँ भनेर भाषण गर्ने हो भने म के भनौँ त ? जे मन लाग्छ त्यही गर्नुस्’– देउवाले फेरि दोहोर्‍याए ।

बजेट संशोधन गरेर पास गर्ने सहमति गरौँ न त भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्दा देउवा उदासिन देखिए । उनले केही जवाफ दिएनन् । फेरि माधव नेपालले थपे तर देउवाले कुनै जवाफ दिएनन् । बरु कुरा मोडेर आफू विदेश भएका बेलामा गठन गरिएको समाजवादी मोर्चाका बारेमा जान्न चाहे । यस विषयमा माधव नेपाल बोलेनन्, प्रधानमन्त्रीले नै देउवालाई ब्रिफिङ गरे ।

यस्तो बेलामा सबैभन्दा ठूलो सत्तारुढ दल कांग्रेसकै सभापतिबाट बजेटप्रति देखिएको यो उदासिनताले ठूलै अर्थ राख्ने राजनीतिक विश्लेषकहरुको मत छ ।

यतिखेर मुलुकमा नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ । यसको खुलासा स्वयं माधव नेपाल र गगन थापाले नै गरेका छन् । बजेट फेल गरेर वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने कि यो बजेट पास गरेर कांग्रेस एमालेले साउनको पहिलो साता सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराउने भन्ने दुवै मत बजारमा बराबर छ ।

 

फोटो- प्रधानमन्त्रीको सचिवालय