७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

अख्तियारले जोख्यो जलहरी

अख्तियारले जोख्यो जलहरी
अ+ अ-

काठमाडौँ । अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो ।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगोरेश्वरमा ल्याइएको छ । जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ । सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्राम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।

के हो जलहरी विवाद ?

पशुपतिमा सुनको जलहरीको विषय प्राण प्रतिष्ठा गर्नुपूर्व नै विवादित बन्यो । मुचुल्का उठाउने क्रममा भएको संख्यात्मक त्रुटीका कारण जलहरीको विषय विवादित बनेको हो ।

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपतिनाथको दर्शनका क्रममा आगन्तुक पुस्तिकामा, ‘आज श्री पशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो । स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पूरा गर्न अपुग हुने रु ३० करोड नेपाल सरकारको तर्फबाट तत्काल उपलब्ध गराइनेछ । आगामी महाशिवरात्रीसम्म सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु’, लेख्नुभएको थियो ।

त्यसपछि दुई दिनपछि माघ १४ गते कोषका अध्यक्ष समेत रहनुभएको तत्काली संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त आचार्यको अध्यक्षतामा बसेको कोषको सञ्चालक परिषद्को बैठकले सुनको जलहरी निर्माण गर्ने निर्णय गरेको थियो । कार्यकारी निर्देशक खतिवडाले सोही बैठकले जलहरी निर्माणका लागि लाग्ने अनुमानित रु ८० करोडमध्ये ३० करोड सरकारले बेहोर्ने गरी निर्णय भएको बताउनुभयो ।

कार्यकारी निर्देशक खतिवडाले राष्ट्र बैंकबाट दुई पटक गरी १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको बताउनुभयो । उहाँका अनुसार सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको र सेनाकै रोहबरमा पशुपति क्षेत्रको रुद्रगारेश्वपरस्थित ज्यासलमा राखिएर जलहरी बनाइएको बताउनुभयो । उहाँले जलहरी निर्माणका क्रममा तयार पारिएको मुचुल्का बमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भागको सुरक्षाका लागि रिङ, पेटी तथा सुनको किला बनाइएको हो । उहाँले बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको र सोको पनि नापतौल भएको बताउनुभयो ।

महालेखाको प्रश्न

जलहरी राख्नुपूर्व सुरु भएको विषय अदालतमा पुग्ने । सुनको जलहरी राख्नु सम्पदाविरुद्ध हुने दाबीसहित नेपाली कांग्रेसका नेता नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो । सर्वोच्चले २०७७ फागुन १२ गते कोषको नाममा आदेश जारी गरेपछि जलहरीमा लाहा तथा किला लगाउने काम थाती राखिएको थियो । उहाँक अनुसार २०७७ चैत २ गते सर्वोच्चले निवेदनमा अन्तिरम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएपछि बाँकी काम सुरु भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो काम रोखिएको थियो ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा कोषको मुचुल्कामा जलहरी जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६  किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाइएको उल्लेख छ । प्रतिवेदनमा रिङ बनाउन प्रयोग भएका सुनको मूल्य सात करोड ८६ लाख ४६ हजार रुपैयाँ भएको उल्लेख छ । जलहरीमा बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश नगरिएको प्रतिवेदनमा प्रस्तुत गरिएपछि यो विषय विवादित बनेको हो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।