२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनेगलसँग ब्राजिलको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले हार बेहोरेको छ । गएराति भएको खेलमा ब्राजिल सेनेगलसँग ४–२ गोलले स्तब्ध बनेको हो ।

पोर्चुगलको लिस्बनमा भएको खेलमा सुरुवाती अग्रता भने ब्राजिलले लिएको थियो । ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन् ।

२२ औं मिनेटमा हबिब दियालोले गोल गर्दै सेनेगललाई १–१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा ब्राजिलका मार्किन्होसले आत्मघाती गोल गर्दा सेनेगल २–१ ले अघि बढ्यो । ५५ औं मिनेटमा साडियो मानेले गोल गर्दै सेनेगललाई ३–१ ले अघि बढाए ।

५८ औं मिनेटमा मार्किन्होसले गोल गर्दै बाजिललाई २–३ को स्थितीमा ल्याउँदै खेललाई फर्काउने कोसिस गरे । तर, ९०+७ मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौंथो गोल गर्दै सहज जित दिलाए ।