६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनेगलसँग ब्राजिलको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले हार बेहोरेको छ । गएराति भएको खेलमा ब्राजिल सेनेगलसँग ४–२ गोलले स्तब्ध बनेको हो ।

पोर्चुगलको लिस्बनमा भएको खेलमा सुरुवाती अग्रता भने ब्राजिलले लिएको थियो । ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन् ।

२२ औं मिनेटमा हबिब दियालोले गोल गर्दै सेनेगललाई १–१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा ब्राजिलका मार्किन्होसले आत्मघाती गोल गर्दा सेनेगल २–१ ले अघि बढ्यो । ५५ औं मिनेटमा साडियो मानेले गोल गर्दै सेनेगललाई ३–१ ले अघि बढाए ।

५८ औं मिनेटमा मार्किन्होसले गोल गर्दै बाजिललाई २–३ को स्थितीमा ल्याउँदै खेललाई फर्काउने कोसिस गरे । तर, ९०+७ मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौंथो गोल गर्दै सहज जित दिलाए ।