२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको विश्व कीर्तिमान, निर्णायक गोल गर्दै पोर्चुगललाई जिताए



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत पोर्चुगलले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन एकमात्र निर्णायक गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । उनले खेलको ८९ औं मिनेटमा गोल गरेका हुन् ।

भिएआरले रोनाल्डोको गोललाई मान्यता दिएको हो । ८० औं मिनेटमा विलम विलम्सनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।

यस खेलबाट रोनाल्डोले विश्व कीर्तिमान राखेका छन् । उनी २०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् । समूह ‘जे’ मा रहेको पोर्चुगलको यो लगातार चौंथो जित हो । १२ अंकका साथ पोर्चुगल तालिकाको शीर्षस्थानमा रहेको छ । आइसल्याण्ड भने ३ अंकका साथ पाँचौं स्थानमा छ ।