२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस जितेर फिल्डिङ गर्दै नेपाल, सोमपालको स्थानमा ललितले खेल्ने



अ+ अ-

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध टस जितेको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस जितेर कप्तान रोहित पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

नेपालका तीव्र गतिका बलर सोमपाल कामीले चोटको कारणले गर्दा आजको खेल नखेल्ने भएका छन् । नेपालले उनको स्थानमा स्पिनर ललित राजवंशीलाई खेलाएको छ ।

नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । दुबै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछन् ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।