६ भाद्र २०८३, शनिबार
,
Latest
अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी महिला टि–२०: वर्षाको कारणले खेल रद्द हुँदा नेपाल र भारतले अंक बाड्यो



अ+ अ-

काठमाडौं । एसिसी महिला इमर्जिङ टिम्स टि–२० एसिया कपमा वर्षाको कारणले खेल रद्द हुदा नेपालले भारतसँग अंक बाँडेको छ । हङकङको मङकङ क्रिकेट मैदानमा हुने भनिएको खेल लगातार वर्षाको कारण टस पनि हुन नसकी दुबै टोलीले एक एक अंक बाँडेका हुन् ।

अंक बाडेसँगै नेपालले सेमिफाइनलको सम्भावना कायमै राखेको छ । यदि यस खेलमा नेपाल पराजित भएको खण्डमा सेमिफाइनल यात्रा समाप्त हुने थियो । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो ।

नेपाल २ खेलमा एक मा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एक जित र एक खेलमा अंक बाँड्दै ३/३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा रहेको छ । यस्तै, हङकङ २ खेलमा एक खेलमा हार र एकमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ ।

नेपाल सेमिफाइनलमा पुग्न शनिबार घरेलु टोली हङकङसँग हुने खेलमा फराकिलो अन्तरले जित हात पार्नुपर्ने हुन्छ ।