११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

प्रदेश नं २ मा सत्ता सङ्घर्षः काँग्रेस र माओवादी केन्द्रसँग जसपाको सहमति

प्रदेश नं २ मा सत्ता सङ्घर्षः काँग्रेस र माओवादी केन्द्रसँग जसपाको सहमति
अ अ+ अ-

धनुषा । प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ ।
        
केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो ।

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव आफै तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा व्यस्त हुनुहुन्छ । सत्ता सझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय रहेको र सो समितिले विभिन्न चरणमा काँग्रेस र माओवादी केन्द्रसँग छलफल गरेका छन् । 

जसपा, कांग्रेस र माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भए पनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति हुन सकिरहेको थिएन तर मङ्गलबार साँझ भएको छलफलपछि सत्ता सहकार्यका लागि ती दलहरुबीच सहमति भएको बुझिएको छ । सहमति अनुसार कांग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् । 

दलहरुबीच मन्त्रालयमा भागवण्डा नमिलेपछि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी गरेको बताइएको छ । अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छन् । सहमति अनुसार कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्र्याएर १० वटा पु¥याउने तयारी छ । 

जसपाका तर्फबाट प्रदेशसभा सदस्य रामअशिष यादवका अनुसार सामाजिक विकासलाई टुक्र्याएर नयाँ मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य बनाइनेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चार झिकेर नयाँ मन्त्रालय बनाउने तयारी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारको तयारी छ ।

सत्ता साँझेदारीको सन्दर्भमा छलफल गर्न बनेको सरकारी र काँग्रेसका कार्यदल बीच अहिले बिहान बैठक बसी अन्तिम टुङ्गो लगाएर सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी भएको छ । आज सम्झौतामा दुबै पक्षको हस्ताक्षर भएपछि साँझ सम्ममा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ । स्रोतका अनुसार काँग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ ।