५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहको प्रधानमन्त्रीसँग भेट, अब सरकार छिट्टै विस्तार हुन्छ



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । भेटपछि उहाँले छिट्टै प्रदेश सरकार विस्तार हुने बताउनुभयो ।

गत माग २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेशसभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएको हो ।

आफूले प्रधानमन्त्रीलाई प्रदेश सरकार विस्तारबारे कुरा राखेको जानकारी दिँदै मुख्यमन्त्री शाहले गठबन्धनको कार्यदलमा शीर्ष नेताहरु छलफल गरेर टुंग्याउने भनेको उल्लेख गर्नुभयो ।

गठबन्धनमा आबद्ध दलहरुको शीर्ष तहमा छलफल भएपछि पार्टीबाट आउने निर्देशनअनुसार अघि बढ्ने उहाँको भनाइ थियो । उहाँका अनुसार आज वा भोलिमै सरकार विस्तार हुनेछ ।

आगामी वर्षको बजेट तयार गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि वातावरण बनाइदिन आफूले प्रधानमन्त्रीसँग आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।