२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरले आजदेखि तार व्यवस्थापन गर्दै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगरका हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार पहिलो चरणमा माइतिघरदेखि नयाँ बानेश्वर हुँदै विमानस्थल र न्यूरोडलदेखि वसन्तपुर हुँदै असनसम्म तार व्यवस्थापन गरिनेछ ।

तार व्यवस्थापन गर्दा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् । सेवा प्रदायकले आफ्नो तारमा चिन्ह लगाउने र चिन्ह नलगाएका तार काटिए स्वयम संस्था नै जिम्मेवार हुने महानगरको भनाइ छ ।