११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

शरणार्थी प्रकरण : ठूला नेता तानिन थालेपछि राजनीतिक वृत्त तरंगित

शरणार्थी प्रकरण : ठूला नेता तानिन थालेपछि राजनीतिक वृत्त तरंगित
अ अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ । यो प्रकरणमा प्रमुख दलका नेताहरु पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो । यसैकारण दलका शीर्ष नेताहरुको दौडधुप पनि बाक्लिएको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा छोरा प्रतीक प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीहरुमध्ये सन्दीप पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझी र प्रतीक थापा भने फरार छन् ।

पूर्वउपप्रधानमन्त्री रायमाझीविरुद्ध प्रहरीले गत बुधबार जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएपछि एमाले अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले आफूले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको प्रतिक्रिया दिएका थिए । उनले पूर्वउपप्रधानमन्त्री भइसकेको व्यक्ति ९रायमाझी० भागेर कहीँ नजाने भएकाले बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए । तर रायमाझी चार दिनदेखि फरार छन् ।

पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले पार्टीका अन्य नेता पनि तानिन सक्ने देखेपछि सत्तारुढ दलतर्फ औँला तेस्र्याउन थालेको छ । प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा तत्कालीन गृहमन्त्री रहेका पार्टी उपाध्यक्ष थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । थापा गृहम्नत्री हुँदा सल्लाहकार रहेका इन्द्रजित राई प्रहरी हिरासतमा छन् ।

ओली सरकारमा पालामा २०७६ असार २९ गते गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा घुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन कार्यदल गठन भएको थियो । जसको संयोजना तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईले गरेका थिए । यस्तै गिरोहकै सदस्यको सिफारिसमा कार्यदलका सदस्यहरु नियुक्त गरिएको कुरा पनि खुलेको छ । यसकारण तत्कालीन गृहमन्त्री थापा पनि तानिन सक्ने खतरा छ । गृह प्रशासनमा निजामति सेवाका तर्फका एमाले निकट कर्मचारी पनि तानिन सक्ने सम्भावना छ ।

यसैक्रममा एमाले अध्यक्ष ओलीले शनिबार पनि प्रधानमन्त्री दाहाललाई भेटेर ठगी गिरोहमा संलग्न भएको भन्दै चारजनाको नाम दिएको स्रोतको दाबी छ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी एवं प्रतिनिधिसभा सदस्य मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ ।

ओलीले यी चारैजनाको नाम र प्रमाण सरकारी वकिल र प्रहरीमार्फत् आफूकहाँ आएको दाबी गरेको स्रोतको भनाइ छ । जसका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूकहाँ भेट्न पठाइदिन ओलीले गरेको आग्रहमा प्रधानमन्त्री दाहाल सहमत भएको बुझिएको छ । आजको नागरिक दैनिकमा समाचार छ