२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोट वार्ता : प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक चाँडै बोलाइने



अ+ अ-

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ । लामो समयदेखि सर्वोच्चको नेतृत्वनै कार्यवाहकमा भएकाले यो स्थिति रहनुहुँदैन भन्ने कुरामा प्रधानमन्त्रीले पहल गर्नुभयो । स्थायी नियुक्तीका लागि पहल गर्नुभयो । त्यसमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र ओलीजीबीच सहमति भएको छ ।’

शीर्ष नेताहरुबीच संवैधानिक परिषद्को बैठक राख्ने विषय सहमति भएकोसमेत उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी टिआरसी विधेयक, संसद् सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उहाँले पत्रकारहरुलाई बताउनुभयो । संवैधानिक परिषद्को बैठकको मिति प्रधानमन्त्रीले तोकेर खबर गर्ने कुरा भएको नेता लेखकले बताउनुभयो ।