१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सहमति अनुरुपको पूरै समय काम गर्न पाउँछः सहमहामन्त्री परियार



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहमहामन्त्री परियारले सरकारले दलहरुका बीचमा भएको सहमति अनुरुप पूरा समय काम गर्ने बताउनुभएको हो । उहाँले दलहरुका बीचमा भएको सहमती कार्यान्वयन हुने उल्लेख गर्नुभयो । उहाँले संसदका विषयगत समितिहरु छिटोभन्दा छिटो बनाउन सभामुखले आवश्यक पहल गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो सरकारले पूरै समय प्राप्त गर्छ । यो सरकारका कार्यकालका बारेमा दलहरुका बीचमा जे सहमति भएको छ, पूरै समय सरकारले काम गर्न पाउँछ । संसदमा समितिहरु गठन हुन सकिरहेको छैन । यसका लागि सभामुखले आवश्यक पहल गरेर छिटोभन्दा छिटो समितिहरु निर्माण गरेर सदनलाई प्रभावकारी बनाउनु पर्छ ।’

उहाँले वैशाख १० गतेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भयो ।