• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

झिनो अङ्कले घट्यो नेप्से परिसूचक



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ६७ दशमलव ७३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा नौ उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ ।

कारोबार भएका ७० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कूल ३० लाख ५६ हजार सात सय ७५ कित्ता शेयर रु ९७ करोड ४५ लाख ९९ हजार ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह््यो । सो कम्पनीको रु चीन करोड ८९ लाख चार हजार चार सय नौ मूल्य बराबरको शेयर खरिद बिक्री भए ।

एनआइसी एशिया बैंक रु तीन करोड ६४ लाख ९८ हजार सात सय ५०, शिवम् सिमेन्ट रु तीन करोड १७ लाख २० हजार सात सय सात,हिमालयन डिस्टिलरी रु दुई करोड ७९ लाख ९४ हजार चार सय ५५ र सगरमाथा जलविद्युत् कम्पनी रु दुई करोड ७२ लाख ३३ हजार एक सय ६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आर्दश लघुवित्त, मैलुङ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले उकालो लाग्दा कालिञ्चोक दर्शन लिमिटेड नौ दशमलव ९८, तारागाउँ रिजेन्सी होटल सात दशमलव ४३ र धौलागिरी लघुवित्तको शेयर मूल्य पाँच दशमलब ६४ प्रतिशतले घटेको छ ।

त्यस्तै, एशियन हाइड्रोपावर सात दशमलव ८३, सगरमाथा जलविद्युत् कम्पनी छ दशमलव ७६, आरबीबी म्युचुअल फण्ड एक पाँच दशमलव १३, माहुली लघुवित्त चार दशमलव ५९ र गरिमा विकास लघुवित्तको शेयर मूल्य चार दशमलब ४२ प्रतिशतले घटेको छ ।