१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

पत्रकार बनेर आएका व्यक्तिले गोली हानी माफिया अतिक र उनका दाजुको हत्या गरे

पत्रकार बनेर आएका व्यक्तिले गोली हानी माफिया अतिक र उनका दाजुको हत्या गरे
अ अ+ अ-

एजेन्सी । शनिबार राति उत्तर प्रदेशको प्रयागराजमा माफिया अतिक अहमद र उनका भाइ असरफको हत्या भएको छ । प्रहरीले दुवैलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै थियो । छेउछाउमा हिँड्दै गरेका पत्रकारहरुले अतिक र असरफलाई प्रश्न गरिरहेका थिए ।

यसैबीच तीन आक्रमणकारीले प्रहरीको सुरक्षा घेरा तोडेर अतिकको टाउकोमा गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसपछि अशरफमाथि गोली प्रहार भएको थियो । दुवैले घटनास्थलमै ज्यान गुमाए ।

आक्रमणकारी पत्रकार बनेर आएका थिए । उनीहरुको नाम लवलेश तिवारी, सन्नी र अरुण मौर्य रहेको छ । आक्रमणपछि तीनै जनाले आत्मसमर्पण गरेका थिए । लवलेश बांदा, अरुण हमीरपुर र सन्नी कासगञ्जका बासिन्दा हुन् ।

तीनै जनालाई प्रहरी हिरासतमा राखेर सोधपुछ भइरहेको छ । उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ । यस आक्रमणमा प्रहरी जवान मानसिंहलाई पनि गोली लागेको छ, उनलाई अस्पताल लगिएको छ ।

अतिकको मृत्युको खबर सुनेपछि प्रयागराज जेलमा रहेका अतिकका दोस्रो छोरा अली बेहोस भए । अतिकका दुई नाबालिग छोरा राजरूपपुर बाल सुधार गृहमा छन् । त्यहाँको टिभी केबल कनेक्शन काटिएको बताइएको छ ।

गत चैत १४ गते अतिकलाई प्रयागराजको सांसद–विधायक अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो । १७ वर्ष पूरानो उमेश पाल अपहरण मुद्दामा यो सजाय सुनाइएको हो । प्रहरी अभिलेखमा अतिक गिरोहविरुद्ध १ सय १ मुद्दा थिए । अतिकलाई दोषी ठहर गरेको यो पहिलो मुद्दा थियो ।