२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार बनेर आएका व्यक्तिले गोली हानी माफिया अतिक र उनका दाजुको हत्या गरे



अ+ अ-

एजेन्सी । शनिबार राति उत्तर प्रदेशको प्रयागराजमा माफिया अतिक अहमद र उनका भाइ असरफको हत्या भएको छ । प्रहरीले दुवैलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै थियो । छेउछाउमा हिँड्दै गरेका पत्रकारहरुले अतिक र असरफलाई प्रश्न गरिरहेका थिए ।

यसैबीच तीन आक्रमणकारीले प्रहरीको सुरक्षा घेरा तोडेर अतिकको टाउकोमा गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसपछि अशरफमाथि गोली प्रहार भएको थियो । दुवैले घटनास्थलमै ज्यान गुमाए ।

आक्रमणकारी पत्रकार बनेर आएका थिए । उनीहरुको नाम लवलेश तिवारी, सन्नी र अरुण मौर्य रहेको छ । आक्रमणपछि तीनै जनाले आत्मसमर्पण गरेका थिए । लवलेश बांदा, अरुण हमीरपुर र सन्नी कासगञ्जका बासिन्दा हुन् ।

तीनै जनालाई प्रहरी हिरासतमा राखेर सोधपुछ भइरहेको छ । उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ । यस आक्रमणमा प्रहरी जवान मानसिंहलाई पनि गोली लागेको छ, उनलाई अस्पताल लगिएको छ ।

अतिकको मृत्युको खबर सुनेपछि प्रयागराज जेलमा रहेका अतिकका दोस्रो छोरा अली बेहोस भए । अतिकका दुई नाबालिग छोरा राजरूपपुर बाल सुधार गृहमा छन् । त्यहाँको टिभी केबल कनेक्शन काटिएको बताइएको छ ।

गत चैत १४ गते अतिकलाई प्रयागराजको सांसद–विधायक अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो । १७ वर्ष पूरानो उमेश पाल अपहरण मुद्दामा यो सजाय सुनाइएको हो । प्रहरी अभिलेखमा अतिक गिरोहविरुद्ध १ सय १ मुद्दा थिए । अतिकलाई दोषी ठहर गरेको यो पहिलो मुद्दा थियो ।