५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघका नवनिर्वाचित अध्यक्ष ढकालका ५ प्रतिवद्धता यस्ता छन्



file
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गरेका छन् ।

महासंघको अध्यक्षमा पदबहाली ग्रहण गर्दै चन्द्रप्रसाद ढकालले प्रमुख ५ काम गर्ने प्रतिवद्धता गरेका छन् । अध्यक्ष ढकालले पहिलो काममा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रोमा लगानीको वातावरण बनाउने र तेस्रोमा राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने बताएका छन् ।

यस्तै उनले चौथो काममा दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्न प्रथामिकता दिएका छन् । उनले पाँचौं काममा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने बताएका छन् ।

‘गाँउबाट आएको सानो व्यवसायी पनि महासंघको नेतृत्वमा आउन सक्दो रहेछ । त्यसको उदारण म आफै हो । म आफै पनि सानो व्यवसाय गरेर महासंघको नेतृत्वमा आएको छु । साना व्यवसायी र सबै खालका व्यवसायीको प्रतिनिधित्व हुन्छ ।’, पदभार ग्रहण गर्दै ढकालले भने, ‘मैले ५ बुँदे प्रतिवतदा पनि घोषण गरेको छु । सरकारले पनि ती काम गर्न सहयोग गर्ने विश्वास लिएको छु ।’

महासंघका निवार्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ रहने बताए । उनले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने विश्वास व्यक्त गरे ।