१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

यस्तो छ यस वर्षको ग्रह योग

यस्तो छ यस वर्षको ग्रह योग
अ अ+ अ-

काठमाडौँ । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउनुहुन्छ । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो ।

“यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख दुवैले असमञ्जस्यता, अलमल र असहज परिस्थितिको सामना गर्नुपर्ने ग्रहयोग देखिन्छ”, उहाँले भन्नुभयो ।

भदौ महिनादेखि सरकारको सबैभन्दा ठूलो घटक दलको नेतालाई तुलनात्मकरूपमा सहज परिस्थिति निर्माण हुनेछ । प्रतिपक्षका लागि पुससम्मै विग्रह र आन्तरिक फुटको अवस्थाको ग्रहयोग देखिएको छ । राजनीतिक अस्थिरता र किचलो नै यो वर्षको विशेषता हुने भएको छ ।

नेपाल राष्ट्र र सरकार प्रमुख दुवै अत्यधिक दबाबमा रहनेछ । दृश्य अदृश्य विदेशी चलखेल र दबाब बढ्ने ग्रहगोचरीय अवस्था छ । नयाँ रोगव्याधीका कारण जनस्वास्थ्यमा समस्या देखिने अवस्था छ । नेपाली आकाश थप असुरक्षित रहेको अनुभूति हुने योग यो वर्ष पनि देखिएको ज्योतिषी पाण्डेय फलित शास्त्रीय विश्लेषण छ । अनावृष्टिका कारण दुर्भिक्षका लक्षणसमेत देखिन सक्ने ग्रहयोग २०८० सालमा देखिएको छ ।

लुकेका अपराधीको भण्डाफोर हुने वर्ष

ज्योतिषी पोखरेलका अनुसार यो वर्षभरि हरेक धार्मिक कार्यमा उच्चारण गरिने पिङ्गल संवत्सर एकादश युगको पहिलो संवत्सर हो । वृष्टि: समाद्ये प्रमुखे अर्थात् यो वर्ष परेको संवत्सर नामक वर्षमा सम वृष्टि हुन्छ अर्थात् वर्षा न कम, न ज्यादा, आवश्यकतानुसार हुने ज्योतिष एवं वास्तुविद् शिव पोखरेल बताउनुहुन्छ ।

संवत्सरको स्वामी देवता अग्नि भएकाले वर्षभरि जनमानसले अग्नि देवताको पूजा वा यज्ञ गर्नाले सम्पत्ति ९सुख समृद्धि० हुने वेदमा उल्लेख गरिएको छ । प्रभवादि ६० संवत्सरमध्ये यो पटक परेको पिङ्गल संवत्सरमा गाईआदि दूधारु पशुहरुको हानी, वाहनहरुको नाश, कम वर्षा र शासकहरुमा अचानक सङ्कट उपस्थित हुनाले द्वन्द हुने योग देखिएको उहाँ बताउनुहुन्छ ।

संवत्सरको अगाडि यदि बृहस्पति राम्रो राशिमा गोचर गरिरहेको छ, अस्त छैन, स्वच्छ विम्बवाला छ, कुनै ग्रहका साथ युति विशेषतया गूढ युति नगरेको छ र बलवान् सुस्थित ग्रहबाट दृष्ट छ भने भनिएका शुभ फल अधिक मात्रामा हुन्छ र अशुभ फल सीमित नै रहन्छ । यसको विपरीत स्थिति हुँदा अशुभता धेरै बढ्न सक्ने मानिने ज्योतिषी पोखरेलको भनाइ छ ।

यो वर्ष वैशाख ९ गते बृहस्पति रेवतीबाट अश्विनी नक्षत्रमा तथा मिनबाट मेषमा सर्ने र वैशाख १९ गते अश्विनी नक्षत्रमा उदय हुन्छ । वैशाख ९ गतेदेखि कात्तिक १३ गतेसम्म आकाश मण्डलमा राहु बृहस्पतिको युतिद्वारा चाण्डाल योगको सृजना भएको देखिनु शुभ होइन । गएको वर्ष २०७९ सालमा शनि राजा भए पनि पूरै वर्षभरि नै बृहस्पति शुभ मानिने आफ्नो स्वराशि मीनमा भ्रमण गरिरहेको अवस्था थियो । यसले सकारात्मक फल दिएको थियो ।

यस वर्ष संवत्सरमुख मङ्गलबार परेको हुनाले दुर्घटनाहरू हुन सक्छन् भनेर ज्योतिष शास्त्रका ग्रन्थमा सङ्केत गरिएको छ । यो पटक बृहस्पति उदय हुँदा र संवत्सर परिवर्तन हुँदा पनि संवत्सर पुरुषको खास अङ्गहरु मानिने नक्षत्रमा कुनै पनि पापग्रहको भ्रमण नहुनु यो वर्षका लागि शुभ प्रभाव मान्न सकिन्छ । विगतका वर्षमा संवत्सर पुरुषको खास अङ्गमा अशुभ फलदायक मानिने ग्रहले भ्रमण गरेको अवस्था थियो ।

बुध राजा भएको वर्ष मायावी, ढोंगी, पाखण्डी, ठग र छलकपट गर्ने मानिसको हाउभाउ रहन्छ । अनौठो कर्म गर्ने, गायन विद्यामा निपूर्ण, नागरिक जन, चित्रकार र लेखकको वृद्धि हुन्छ । गणितवेत्ता र युद्ध कुशल व्यक्तिहरू उन्नति गर्दछन् । राष्ट्र प्रमुखको व्यवहारमा परस्पर अनपेक्षित परिवर्तन आउने हुन्छ ।

वार्ताकारहरू (संवाददाता, पत्रकार)को वृद्धि, पशुपाल, कृषि र व्यापारको वृद्धि हुन्छ । वेदहरूको प्रचार हुन्छ,कानूनको यथासम्भव पालना हुन्छ, धार्मिक कानूनको पालना गरिन्छ । अध्यात्मविद्या र योगविद्याको प्रचार, दण्डनीति, तर्कशास्त्रको पनि प्रचार हुन्छ । विदग्ध, सभा चतुर, हास्यप्रिय व्यक्तिहरू (अभिनेताहरू) दूतहरू, कविहरू, विद्वान, बालक, नपुंसक, तकनीकी विशेषज्ञ, ठूला पुलको नजिक बसोबास गर्ने र पर्वतीय व्यक्तिको हृदयमा विशेष सन्तुष्टि रहने हुन्छ । नयाँ–नयाँ औषधिको खोजी हुन्छ ।

भारतीय विद्वान् ज्योतिषाचार्य डा सुरेशचन्द्र मिश्रको संवत्सर संहितामा उल्लेख भएअनुसार बुध राजा भएको वर्ष लुकेका अपराधीको भण्डाफोर हुन्छ । गीतकार, सङगीतकार, अभिनेता, विद्वान्को गैरकानुनी गतिविधिको खुलासा हुने उहाँ बताउनुहुन्छ ।

असार १६ गतेदेखि भदौ १ गतेसम्म शनि र मङ्गल आमुन्नेसामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेका छन् । भदौ १ गतेदेखि मङ्गलको अष्टम पूर्ण दृष्टि राहुमाथि तथा असोज १६ गतेदेखि कात्तिक १३ गतेसम्म मङ्गल र राहु आमुन्ने सामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेर अङ्गारक योगको सिर्जना भएको छ ।

विसं २०८० को चैत महिनाभरि मीन राशिमा राहु र सूर्यको सहयुति तथा कुम्भ राशिमा शनि र मङ्गलको सहयुति भएको देखिने हुनाले चैतमा पूरै विश्वको विभिन्न देशहरूमा सङ्घर्षमय अवस्था रहन सक्छ । अर्को वर्ष मङ्गल राजा एवं शनि मन्त्री हुनाले २०८१ सालको सुरूमै पनि त्यति राम्रो ग्रहयोग नरहेको ज्योतिषी पोखरेल बताउनुहुन्छ ।रासस