१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

कोरोना बढ्न थालेपछि सीमानाकामा उच्च सतर्कता

कोरोना बढ्न थालेपछि सीमानाकामा उच्च सतर्कता
symbolic photo
अ अ+ अ-

नवलपरासी । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ ।

भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति ९डिसिसिएमसी० को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट मानिस आवतजावत गर्ने हुँदा यहाँ बढी जोखिम रहने गर्दछ । नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र विहार प्रदेशसँग सीमा जोडिएकाले सुरुबाटै सङ्क्रमण नियन्त्रणका लागी यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । सीमा क्षेत्र र सबै स्थानीय तहमा आवश्यक जनशक्तिसहित केही दिनमा ‘एन्टिजेन’ परीक्षण अभियान सञ्चालन गरिने छ । जिल्लामा हाल दुई हजार एन्टिजेन टेष्ट किट रहेको र अपुग भएमा मगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अभियानअन्तर्गत सार्वजनिक यातायात र बढी भीडभाड हुने सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा मास्क लगाउन र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गराइने छ ।

पछिल्लो पटक जिल्लामा भने कुनै पनि नयाँ सङ्क्रमित फेला परेका छैनन् । हालसम्म जिल्लामा कोभिड–१९ बाट दुई सय नौको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्ध सञ्चालन गरिएको खोपमध्ये पहिलो र दोस्रो शङ्खलाको खोप लगाउनेको सङ्ख्या एक सय प्रतिशत छ ।

त्यसैगरी पहिलो बुस्टर लगाउने ५४ प्रतिशत छ । दोस्रो बुस्टरको रुपमा अहिले सञ्चालन गरिएको बायोभ्यालेन्ट खोप लगाउनेको सङ्ख्या पाँच प्रतिशत छ । बायोभ्यालेन्ट खोप जुनसुकै खोप लगाएकाले पनि लगाउन सक्ने छन् भने अहिलेसम्म कुनै पनि खोप नलाएकाले भेरोसेल खोप लगाउन सक्ने छन् । ती दुवै खोप स्थानीय तहहरूमा गएर लगाउन सकिने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालमै पहिलो पूर्ण खोप जिल्ला घोषणा भएको पश्चिम नवलपरासीमा सङ्क्रमण फैलिन नदिन उच्च सतर्कतासहितको अभियानलाई प्रभावकारी बनाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।