१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

नेकपा एस बैठकः मन्त्रीहरुको नाम केन्द्रिय सचिवालयमा छिटो पेश गर्न कार्य दललाई निर्देशन

नेकपा एस बैठकः मन्त्रीहरुको नाम केन्द्रिय सचिवालयमा छिटो पेश गर्न कार्य दललाई निर्देशन
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रिय सचिवालयमा छिटो पेश गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ ।

मंगलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव तत्काल पेश गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।

कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रिय सचिवालयमा पेश गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनु भयो । सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुबारे टुंगोमा पुग्ने सकिने उहाँको भनाई थियो । प्रवक्ता खतिवडाले भन्नु भयो, ‘सरकारका सन्दर्भमा सरकारमा जाने विषयमा हाम्रो कतै विमति रहेको छैन । मन्त्रालयको टुंगो नलागिकन मन्त्रीहरुको टुंगो लगाउन गाह्रो हुने भएकाले यी दुवैको गृहकार्य गरी चाँडो भन्दा चाँडो सचिवालयको बैठकमा पेश गर्न ३ सदस्यीय कार्यदललाई आज पनि हामीले निर्देशन दिएका छौं । कार्यदलले चाँडो भन्दा चाँडो मन्त्रालय र प्रस्तावित मन्त्रीहरुको नामसहित उसले पेश गर्न सक्छ । त्यसमा छलफल हुन्छ । पेश गरेको कुरामा केही सुधार गर्नु परे सुधार पनि होला । अनि, हामी निर्णयमा पुग्नेछौं ।’

त्यसैगरी बैठकले मिटरब्याँज पीडितहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटर ब्याज लगाउनेहरुलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको पनि प्रवक्ता खतिवडाले बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय सचिवालयको ५५ औं बैठक सम्पन्न भएको छ ।

हाम्रा पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटीका सदस्य चुडामणि जंगलीले पार्टीमा विविध कारण देखाई राजीनामा पेश गर्नु भएको थियो । त्यो राजीनामा हाम्रो यो कमिटीले स्विकार गरेको छ । त्यसलाई स्विकृत गरेको छ । त्यसपश्चात हाम्रो पार्टीले यो मिटर ब्याजीहरु अहिले आन्दोलनमा छन । धेरै लामो समय हिँडेर, दुःख गरेको काठमाडौं आई पुगेका छन ।

उनीहरु सडकमा छन । हामी, हाम्रो पार्टी उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दछ । हामी उहाँहरुको मागलाई पूरा गर्न सरकारसँग जोडदार माग पनि गर्दछौं । हाम्रो पार्टीबाट ऐक्यवद्धता प्रकट गर्दै उहाँहरुको पक्षमा हाम्रो आफ्नो धारणा पनि हामी राख्नेछौं । र, मिटरब्याज लगाउनेहरुलाई, कानुनी रुपले दोषीहरुलाई कारबाही गर्नका लागि पनि हामीले माग गरेका छौं ।’

बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्विकृत गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।