६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कपः भुटानसँग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले आज मंगलबार भुटानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

भुटानलाई हराउँदै फाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । यसअघि पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । नेपाललाई फाइनल पुग्न बराबरीको नतिजा पनि पर्याप्त छ ।

अर्कोतर्फ पहिलो खेलमा लाओससँग २–१ गोलले हार ब्यहोरेको भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् । फाइनल खेल १७ गते हुनेछ ।