११ श्रावण २०८३, सोमबार
,
Latest
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कपः भुटानसँग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले आज मंगलबार भुटानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

भुटानलाई हराउँदै फाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । यसअघि पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । नेपाललाई फाइनल पुग्न बराबरीको नतिजा पनि पर्याप्त छ ।

अर्कोतर्फ पहिलो खेलमा लाओससँग २–१ गोलले हार ब्यहोरेको भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् । फाइनल खेल १७ गते हुनेछ ।