५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द हन्ड्रेड’ मा बिकेनन् सन्दीप र अर्जुन



अ+ अ-

काठमाडौं । ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।
लण्डनमा बिहीबार राति आयोजित ड्राफ्टमा सन्दीपमाथि कुनैपनि टोलीले बोली लगाएनन् ।

सन्दीपसँगै नेपालका अर्का खेलाडी अर्जुन साउद पनि ड्राफ्टमा परेका थिए । विकेटकिपर तथा ओपनर अर्जुन पनि अनसोल्ड भए ।

पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण उनले द हन्ड्रेड गुमाएका थिए । दोस्रो र तेस्रो संस्करणमा भने उनी अनसोल्ड भए ।

ईंग्ल्यान्डको क्रिकेट बोर्डले आयोजना गर्ने यस प्रतियोगिता आउँदो १ अगष्टबाट सुरु हुँदैछ । यसमा ८ वटा फ्रेन्चाइज टीम सहभागी छन् ।