२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा सासंदहरुले राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका छन् ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेगरी गोपीबहादुर सार्की आछामी, तुल प्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, डा. वेदुराम भुसाल, रमेशजंग रायमाझी, शेखर कुमार सिंहले संयुक्त रुपमा सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू समावेश भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्तागराउनु भएको संसद सचिवालयले जनाएको छ ।

सासंसदहरुले विधेयकका बारेमा संघीय संसदको महासचिव समक्ष सूचना दिनुभएको छ । विधेयक प्रस्तुतकर्ता सदस्यहरुको तर्फबाट प्रकाश पन्थले उक्त विधेयक संघीय संसद सचिवालयमा दर्ता गर्नुभएको हो ।