६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः मछिन्द्रले खाता खोल्यो



अ+ अ-

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी फुटबलसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारक ए डिभिजन लिग तालिकामा पहिलो अंक जोडेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा मछिन्द्रले मनाङलाई रोक्दै तालिकामा खाता खोलेको हो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोली केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न असफल भएका थिए ।

यस बराबरीसँगै मनाङको तीन खेलबाट ५ अंक भएको छ । यसअघि मछिन्द्रले जावलाखेल युथ क्लवसँग ३–१ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग ३–१ को पराजय व्यहोरेको थियो । मनाङले हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दा संकटा क्लवलाई १–० ले पराजित गरेको थियो ।

लिग अन्तर्गत आईतवारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी) सँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्यो । च्यासल मैदानमा खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा लालनुनजामाले एनआरटीलाई १–१ को बराबरीमा ल्याएको खेलमा ५७ औं मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो । ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३–१ को अवस्थामा पुर्याए पनि ६८ औं मिनेटमा आर्मीका सुदिल राईले गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो । ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीको हारलाई टारेका थिए । बराबरी पछि आर्मीको तीन खेलबाट ५ अंक भएको छ । यस्तै एनआरटीको ३ खेलबाट १ अंक छ ।

यसअघि संकटा क्लबसँग गोलरहीत बराबरी खेलेको आर्मीले साविक विजेता मच्छिन्द्रलाई २–० ले पराजित गरेको थियो । यसैगरी एनआरटीले सातदोबाटो युथ क्लव र जावलाखेल युथ क्लवसँग समान २–१ को पराजय व्यहारेको थियो ।
लिगमा सोमबार पनि दुई खेल हुनेछन् । च्यासल मैदानमा आयोजना हुने खेल हिमालयन शेर्पा र खुमलटार युथ क्लव तथा दशरथ रंशालामा हुने खेल सातदोबाटो युथ क्लव र थ्री स्टार क्लबबीच हुनेछ ।