२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकमा माधव नेपाल समूहका नेताहरु अनुपस्थित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को १० औँ महाधिवेशन आयोजक कमिटिको बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएका छन् । 

केहीबेरअघि बालुवाटारमा सुरु भएको बैठकमा नेपाल समूहका नेताहरुलाई बोलाइएको भए पनि अनुपस्थित भएका हुन् ।

संस्थापन पक्षले कारबाही गरिएका ११ जना नेताहरु बाहेक नेपाल समूहका अन्यलाई बोलाएको थियो तर, उनीहरु बैठकमा सहभागी भएनन् ।

जारी बैठकले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी छ । पार्टीभित्र असन्तुष्ट रहेको नेपाल पक्षको माग समेत पूरा गर्नेगरि निर्णय गर्ने बताइएको छ । 

यस्तै केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।