२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रन्टलाइनको सम्मानमा रत्नपार्कका बनाईएको चित्र महानगरपालिकाले मेटायो



अ+ अ-

काठमाडौं। कोरोना संक्रमणका समयमा अग्रमोर्चामा खटिएकाहरु प्रति समर्पित चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । यस चित्रकलाका परिकल्पनाकार डोजाङ शेर्पाले फ्रन्टलाइनको सम्मानका लागि आफूहरुले चित्र बनाएको महानगरपालिकाले मेटाएको बताउनुभयो ।

उहाँले भन्नुभयो बिश्वब्यापी फैलिएको महामारीका समयमा दिन रात नभनी, आफ्नो र आफ्नो परिवारको ज्यानको बाजीराखेर सेवाको निम्ति खट्नु भएका फ्रन्टलाइनको हरुको सम्मानको निम्ति कोरिएको यो चित्र किन मेट्नु पर्यो ।

उहाँले चित्र बनाउनका लागि काठमाडौं महानगरपालीका वडा नं २८ बाट अनुमति समेत लिएको जानकारी गराउदै अनुमति लिएर गरेको काम किन मेटेको हो महानगरपालिकाले जबाफ दिनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो आज अचानक चित्र मेटाउदा सारै चित्त दुखेको छ। राम्रो काम गर्नु पाप रैछ न कुनै पुर्व जानकारी । यो हर्कत कदापि स्विकारिदैँन ।