२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० को क्वाटरफाइनल समीकरण पूरा



अ+ अ-

एजेन्सी । युरो २०२० फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

अन्तिम १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।

जारी युरो कपमा बेल्जियम, इटाली, स्विट्जरल्यान्ड, स्पेन, डेनमार्क, इंग्ल्यान्ड, युक्रेन, र चेक रिपब्लिकले क्वाटरफाइनमा स्थान बनाएका छन्  ।

यता साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, ३ पटकको युरो कप विजेता जर्मनी, दोबेदार नेदरल्यान्ड्स जस्ता ठुला टिम अन्तिम १६ बाटै बाहिरिन पुगे । 

यस्तो छ क्वाटरफाइनल समीकरणः

स्विट्जरल्यान्डविरुद्ध स्पेन, शुक्रबार राति ९ः४५ बजे 

बेल्जियमविरुद्ध इटाली, शुक्रबार राति १२ः४५ बजे

चेक रिपब्लिकविरुद्ध डेनमार्क, शनिबार राति ९ः४५ बजे 

युक्रेनविरुद्ध इंग्ल्यान्ड, शनिबार राति १२ः४५ बजे