२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको मुद्धा खेपेकी झा उपराष्ट्रपति उम्मेदवार



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनु भएकी राष्ट्रिय जनमत पार्टी नेतृ ममता झाले भ्रष्टाचारको मुद्दा खेपेको पाइएको छ ।

उहाँलाई साझा प्रकाशनको महाप्रबन्धक रहँदा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको थियो । अख्तियारको निर्देशन पछि झा लामो समय सम्म साझा प्रकाशनको सम्पर्कमा आउनु भएको थिएन ।

साझा प्रकाशनको तत्कालीन महाप्रबन्धक झाविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा ३ लाख ६६ हजार विगो र सजाय मागसहित विशेष अदालतमा २०७१ जेष्ठ ४ गते मुद्दा दायर गरेको थियो । झाले साझाको सम्पत्तिमा नोक्सान पुर्‍याएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

कानुनी प्रावधानमा उपराष्ट्रपति पदमा उम्मेदवार हुने व्यक्तिको योग्यतामा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था उल्लेख छ ।