२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा महाधिवेशन आयोजक कमिटी भंगपछि दुवै पक्षका नेताहरू छलफलमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)मा पार्टी एकताको प्रयास जारी छ ।  केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराउने भन्दै दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

यसअघि पनि एकता वार्ताको लागि निरन्तर छलफलमा रहेका नेताहरू दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएर असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाइएपछि पुनः वार्तामा बसेका हुन् ।

संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेलको सहभागिता रहेको छ भने माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन् ।

माधव नेपालसहितको बैठक बसेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने अवसर आएको सहभागी नेता नेम्वाङ बताउँछन् ।

नेकपा एकतापूर्व एमालेबाट थपिएका ४१ जना सदस्य र माओवादीबाट थपिएका नेताहरूसहितको बैठक बस्न अनौपचारिक सहमति भएको स्रोतले बताएको छ ।

यद्यपि नेपाल पक्षकै केही नेताहरु भने फेरि पनि जालझेल गर्न खोजिएको र जेठ २ अघिको बैठक बसेर अरुलाई थप्नुपर्नेमा ओलीले झुक्याउन सक्ने तर्क गरेका छन् ।