२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन बिहीबारदेखि सुरु हुने



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहिबार देखि सुरू हुने भएको छ । 

स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८  गते हुने बताएको हो । ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास साझेदारहरू, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सकलगायतको सहभागिता रहने बताइएको छ ।  

दुई दिने सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी ता विदेशी अनुसन्धानकताहरूले ४७ वटा अनुसन्धान मूलक कार्यहरूको मौखिक प्रस्तुती, १९ पोष्टर प्रस्तुती तथा २४ वटा आमन्त्रीत प्रस्तुतीकरण हुने परिषद्का प्रमुख डा. प्रदिप ज्ञवालीले बताउनुभयो । 

यसपटकको सम्मेलनमा पहिलो दिनमा कोभिड १९ जनस्वास्थ्य संकट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धि आमन्त्रीत विज्ञहरू र प्रस्तुतकर्ताहरूको प्रस्तुति हुने पत्रकार सम्मेलनमा बताइएको छ । परिषद्ले ७ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।