२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको धम्कीबाट कुनैपनि न्यायाधीशहरु डराउने छैनन् : सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिईरहेको दाबी गर्नु भएकाे छ । 

कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भएपनि न्यायालय सधैं संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरु प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफुले लिएको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँ (प्रधानमन्त्री)ले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरुले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ? कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिलेपनि तानाशाही प्रवृत्तिको हुन्छ । 

संसद पनि कहिलेकाहीँ ठप्प गरिदिनसक्छ बहुमतको आधारमा । तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो । प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कतिवटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ । हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनैपनि न्यायाधिशहरु डराउनुहुने छैन । सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडी छ । संविधानले दिएको कुरा गरेको हो हामीले । न्यायाधिशलाई डराउने, तर्साउने काम छैन । विवेकपूर्ण न्यायका लागि हामीले अनुरोध गर्ने हो ।  ”