२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबारको मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै भूभागमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले भारी वर्षा हुने जनाएको हो । 

मनसुनी वायु सक्रिय हुँदा हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भई एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा  भईरहेको छ। बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।