३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए दुई विकेट



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपाललाई पाँचौे सफलता मिलेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भईरहेको खेलमा आरीफ शेखले नेपाललाई पाँचौे सफलता दिलाएका हुन् । उनले अलिशन शराफूलाई २ रनमा आउट गराए ।

स्पिनर सन्दीप लामिछानेले नेपाललाई चौथो सफलता दिलाएका थिए । सन्दीपले यूएईका असिफ खानलाई ७२ रनमा करण केसीको हातबाट क्याच गराएर आउट गरे । कुशल मल्लले रिजवानलाई २२ रनमा आउट गराएर नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

यस्तै, सन्दीपले नै यूएईका रित्य अरविन्दलाई १८ रनमा आउट गराएर नेपालको लागि दोस्रो विकेट लिएका थिए । सन्दीपको बल सार्प टर्न हुँदा अरविन्दको ब्याटमा छोएर कुशल भुर्तेलको हातमा थामिन पुग्यो ।

त्यसैगरी, तिब्र गतिका बलर करण केसीले नेपालको लागि पहिलो विकेट लिएका थिए । करणले यूएईका ओपनर मूहम्मद वसिमलाई आउट गराएका थिए ।

यो समाचार तयार पार्दासम्म यूएईले ३७ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाएको छ ।