काठमाडौं । इजरायलले २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको छ । नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत स्वास्थ्य सामग्री आज विहान सवा ११ बजे काठमाडौं ल्याइएको हो।
विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका छन् ।उक्त सहयोगमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री रहेका छन्।
कोभिड-१९ सँग सम्बन्धित इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत आफ्नै पहलमा पठाएको राजदूत डा. अञ्जान शाक्यले बताउनुभयो ।