२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटोमेटिक पेस्तोल र भरुवा बन्दुक सहित २ जना पक्राउ



अ+ अ-

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोल सहित सोही उपमहानगरपालिका-२१ पुरैना बस्ने सोही उपमहानगरपालिका-१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

दाङ, दंङ्गीशरण गाउँपालिका-२ स्थित तिलकन्या सामुदायिक बनबाट १ थान भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अबैध भरुवा बन्दुक साथमा लिई शिकार खेल्न हिँडेको अबस्थामा प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।