काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।
संस्थापन पक्ष अर्थात् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति जुट्न नसक्दा कार्यदलको बैठक लगातार दुईदिनदेखि जारी छ ।
आजै बिहान सिंहदरबारको अर्थमन्त्रालयमा बसेको बैठकमा आवश्यक गृहकार्य नपुगेको भन्दै साँझ बस्नेगरी स्थगित गरिएको थियो ।
उक्त बैठक लगत्तै ओली पक्षका कार्यदल सदस्य प्रधानमन्त्री कार्यालयतर्फ थप छलफलमा जुटेका थिए भने नेपाल पक्षका सदस्य अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका थिए ।
कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् छन् । त्यस्तै, माधव समूहबाट भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन् ।