२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा १७८ घरपरिवार उच्च जोखिममा



अ+ अ-

 तनहुँ। गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् ।

घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । उक्त गाउँपालिकाको वडा नं २ स्थित खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन् । 

घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिराबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित स्थानमा स्थानान्तरणको लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । त्यसैगरी बन्दिपुर गाउँपालिका–१ स्थित कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिराको कारण उच्च जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो । 

सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणको लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उहाँले बताउनुभयो । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन् । नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ । 

ऋषिङ जाने सडक तथा मार्गहरु अवरुद्ध भएकाले उद्दार गर्न नसकिएको उहाँले बताउनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको छ । पहिराका कारण भित्र्याउने समयको मकै खेती र धानबालीमा पूर्ण क्षति भएको छ । तनहुँमा बिहीबार र केही अघि अविरल वर्षापछि गएको पहिरामा परी तीन जनाको मृत्यु एक बेपत्ता भएका छन् । बन्दिपुर गाउँपालिका–३ तामुङमा एक महिला एक पुरुषको मृत्यु भएको थियो भने ऋषिङ गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । एक पुरुष अझै वेपत्ता भएका छन् । 

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा एक जना बेपत्ता भएका छन् । यसरी पुरिएर बेपत्ता हुनेमा ऋषिङ गाउँपालिका कार्यालयका सुरक्षा गार्ड रहेका छन् । ऋषिङ गाउँपालिका–८ निवासी  वर्ष ३८ का खुमबहादुर थापा पहिरामा परी बेपत्ता भएका हुन् । घरमाथिबाट आएको पहिराले गोठ पुर्दा थापा बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । डोजर लगाएर उहाँको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।