काठमाडौं । नेकपा एमालेक नेता घनश्याम भुसालले छलफलहरूबाट कुनै प्रगति हुन नसकेको बताएका छन् । एमाले गठित कार्यदलका सदस्य समेत रहेका भुसालले पछिल्ला १० दिनदेखि छलफल जायिर रहेपनि कुनै प्रगती नभएको बताएका हुन् ।
‘हामीले १० दिनदेखि खास प्रगति गरेका छैनौं’, बिहीबार साँझको कार्यदल बैठकपछि उनले भने, ‘१० दिनअघि हामीले केही एजेण्डा तय गरेका थियौं । अनौपचारिक हिसावले हामीले छलफल गरेर ती एजेण्डा तय भएका थिए । त्यसमा हामीले प्रगति गर्न सकेका छैनौँ ।’
उनले भोलि साढे ११ बजे पुनः बैठक बसेर सहमति जुटाउने प्रयास हुने विश्वास व्यक्त गर्दै आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएका कारण आजको बैठकका खासै छलफल समेत हुन नसकेको उनको भनाइ छ ।