२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाको एउटै वडाबाट रू १४ करोडको सुन्तला बिक्री



फाईल फोटो
अ+ अ-

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको छ ।

व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू १४ करोड आम्दानी गर्न सफल भएका सुन्तला व्यवसायी मुक्ति अधिकारीले बताउनुभयो । सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका अधिकारीका अनुसार जिल्लामै सबैभन्दा धेरै क्षेत्रफल र किसान सुन्तला खेतीमा संलग्न भएको वडा नै यही हो ।

“वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम पचाँस लाखसम्म आम्दानी गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

रू पाँच–सात लाखदेखि १५–२० लाख आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतिबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेति गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् ।

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उहाँको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउछन् । प्रतिकेजी रू ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी रू ९० मा बिक्री भइरहेको छ ।

अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष रू एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ ।रासस