२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमको परिवारको १० बुदे माग, पुरा नभए शव नउठाउने



अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरमा गत मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका २५ बुँदे सुझाव र माग सम्बोधन हुनुपर्ने परिवारजनले माग गरेका छन् ।

गृहमन्त्रीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै गरिएको मागपत्रमा नयाँ बानेश्वरमा भएको कृषि युवा व्यवसायीको विद्रोहस्वरु गरेको आत्मदाहबाट मृतकको परिवारजनलाई गरिखाने स्थितिमा पुर्याउन स्वर्गीय आचार्यलाई बाध्य बनाएर आत्मदाह गर्न उत्प्रेरित गर्नेलाई कानूनी कारवाही गर्नुपर्ने माग गरिएको छ ।

दश बुँदे मागपत्रमा परिवारजनले स्व आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनुपर्ने, नाबालक सन्तानलाई उनीहरुले चालेको विद्यालय शिक्षादेखि निःशुल्क उच्च शिक्षाको ग्यारेन्टी राज्यले लिन्ुपर्ने, आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नुपर्ने लगायतका माग राखिएका छन् ।