१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त

बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने

बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने
अ अ+ अ-

काठमाडौँ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउनेगरी काम थालनी गरेको बताउनुभएको छ ।

आईतवार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतिको सामना गर्नेगरी काम गरिरहेको बताउनुभएको हो ।

उहाँले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसावले सुरक्षित रहेको बताउनु भयो । उहाँले बुद्ध एयर मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने भएको बताउनु भयो । उहाँले बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनको लागि विमान मर्मत लगायतका विषयमा थप कडाईका साथ काम थालनी गरेको बताउनु भयो ।

उहाँले नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौति थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको बताउनु भयो । बस्नेतले बुद्ध एयरले कुनैपनि प्राविधिक तथा अन्य सूचनाहरु लुकाउने नगरको बताउनु भयो । उहाँले हवाई उडान,उडानको प्राविधि पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताउनु भयो । उहाँले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ बुद्ध एयरको मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने हो । त्यो अनुसार बुद्ध एयरले कुनैपनि प्राविधिक तथा अन्य सूचनाहरु लुकाएका छैनौं । हवाई उडान,उडानको प्राविधि पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य हुन्छ । बुद्ध एयर हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गराउँछौं । टेक्निकल र प्राविधिक विषयमा जानकारी नगराउँदा प्राधिकरणले उडान रोक्छ ।’

‘बुद्ध एयरले सूचना प्रवाहको विषयमा जवाफदेहिता नागरिक उड्डयन प्राधिकरणसँग मात्रै हुन्छ । उहाँहरुसँग निरन्तर संवाद भइरहेको हुन्छ । बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी सहकार्य भएको छ । प्राधिकरण नभएको भए बुद्ध एयरले अहिलेको अवस्थामा हवाई क्षेत्रमा वृद्धि गर्नसक्ने थिएनौं । प्राधिकरणले जुन किसिमको सहयोग गर्नुभयो त्यसमा इगो,अहमता छैन । पछिल्लो हवाई दुर्घटनापछि बुद्ध एयरको सञ्चालक तथा विभागीय प्रमुखहरुसँग छलफल गरेर हवाई उडान सुरक्षा र अब कसरी अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिइएको छ । हवाई दुर्घटनाले धेरै कुरा सिकेकाले आगामी दिनमा आउने समस्या समाधान गदैै लैजाने भनेर तयार थालेका छौं ।’

बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा विमानहरु धेरै वर्ष पुराना विमानहरु नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ । तर अन्तरक्रिया कार्यक्रम जानकारहरुले विमानहरु पुराना नहुने बताएका छन् । उनीहरुले विमानहरु मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन् ।

बुद्ध एयरले अन्तरक्रियामार्फत बुद्ध एयरले हवाई उडानलाई सुरक्षित बनाउनको लागि विमान मर्मत र पार्टपुर्जाको लागि अर्बौं लगानी गरेको बताएको छ ।