११ माघ २०८१, शुक्रबार
,
Latest
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरू अत्याधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष… कुवामा डुबेर वृद्धाको मृत्यु “अध्यादेशले आर्थिक अधिकारको बाटो खोलेको छ संस्थागत गर्न सबै एकजुट हौँ”– अध्यक्ष केसी ३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ वर्षको उमेरमा चौंथो विवाह



अ+ अ-

एजेन्सी । अमेरिकी अन्तरिक्ष यात्री बज एल्ड्रिनले शुक्रबार ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् । उनकी श्रीमती डा। एनका फर ६३ वर्षकी भइन् ।

एल्ड्रिन आफैले ट्विटरमा यो जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘घरबाट भागेर विवाह गर्ने किशोरकिशोरीजस्तै हामी दुवै उत्साहित छौं ।’

नील आर्मस्ट्रङ र बज एल्ड्रिन सन् १९६९ मा अपोलो ११ मिसन अन्तर्गत चन्द्रमामा गएका थिए । चन्द्रमामा अवतरण गर्ने पहिलो व्यक्ति नील आर्मस्ट्रङ थिए । उनको १९ मिनेटपछि बज एल्ड्रिनले चन्द्रमामा पाइला राखेका थिए ।

बज एल्ड्रिनले विवाहपछि पत्नी एनकासँगको तस्बिर ट्विटरमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘मेरो ९३औँ जन्मदिनको अवसरमा यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि मैले मेरी प्यारी डा। एनका फरसँग विवाह गरेको छु । हामीले लस एन्जलसमा एउटा सानो समारोहमा विवाह गर्यौं ।’

बज एल्ड्रिन तीन जना अपोलो ११ चालक दलका एक मात्र जीवित सदस्य हुन् । मिसनमा उनीसँगै आएका अन्य दुई सदस्यको निधन भएको छ । बज एल्ड्रिनले सन् १९७१ मा नासाबाट अवकाश लिएका थिए । उनले सन् १९९८ मा सेयर स्पेस फाउन्डेसन स्थापना गरेका थिए । यसको उद्देश्य अन्तरिक्ष अन्वेषणलाई बढावा दिनु रहेको छ ।