२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधको राजनीति छोडेर मिलेर चुनौतीको सामना गर्न नेम्वाङको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले राजनीतिक दलहरुले निषेधको राजनीति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख पदका उम्मेदवार एमालेका देवराज घिमिरेको प्रस्तावकका रुपमा बोल्दै उहाँले जनताले निर्वाचनमार्फत निषेधको राजीनित अन्त्य गर्न सन्देश दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले सबैलाई मिलेर काम गर्न सन्देश दिएका छन् । त्यही प्रक्रियाअनुसार हामी प्रतिनिधिसभाको नेता चयन गर्दैछौँ।” उहाँले अहिलेको चुनौतीलाई सबै मिलेर अवसरमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

सांसदहरुलाई एकजुट बनाएर संसद्लाई अगाडि बढाउनुपर्ने भन्दै एमालेका उपाध्यक्षसमेत रहनुभएका नेता नेम्वाङले प्रतिनिधिसभामा जवाफदेहिता र पारदर्शिताको ख्याल गर्नुपर्ने बताउनुभयो ।