२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधको राजनीति छोडेर मिलेर चुनौतीको सामना गर्न नेम्वाङको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले राजनीतिक दलहरुले निषेधको राजनीति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख पदका उम्मेदवार एमालेका देवराज घिमिरेको प्रस्तावकका रुपमा बोल्दै उहाँले जनताले निर्वाचनमार्फत निषेधको राजीनित अन्त्य गर्न सन्देश दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले सबैलाई मिलेर काम गर्न सन्देश दिएका छन् । त्यही प्रक्रियाअनुसार हामी प्रतिनिधिसभाको नेता चयन गर्दैछौँ।” उहाँले अहिलेको चुनौतीलाई सबै मिलेर अवसरमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

सांसदहरुलाई एकजुट बनाएर संसद्लाई अगाडि बढाउनुपर्ने भन्दै एमालेका उपाध्यक्षसमेत रहनुभएका नेता नेम्वाङले प्रतिनिधिसभामा जवाफदेहिता र पारदर्शिताको ख्याल गर्नुपर्ने बताउनुभयो ।