८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी

नयाँ श्रृंखला लिएर नेपथ्य अष्ट्रेलिया तर्फ

नयाँ श्रृंखला लिएर नेपथ्य अष्ट्रेलिया तर्फ
अ+ अ-

काठमाडौं । माघ ४, २०७९ र जनवरी १८, २०२३ लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ । यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलावद्ध प्रस्तुती सहित अष्ट्रेलियाको छ सहरको सांगीतिक यात्रा गरेको थियो ।

यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दैछ । मानवताका लागि संगीतु नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशब्यापी यात्रा सफलता पुर्वक सम्पन्न गरेको थियो । त्यतिबेला मुलुकभर सडक आश्रितहरुको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका दस सहरमा कार्यक्रम प्रस्तुत गरिएका थिए । अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रबर्धन गर्न सफल भएको जस संकलन गरेको थियो ।

‘सोहि यात्राको प्रतिक्रियाबाट प्रेरित भएर हामीले सन २०२३ भरि हाम्रा सबै प्रस्तुतीहरुलाइ ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रबर्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौ ‘ नेपथ्यका अगुवा अमृत गुरुङ भन्छन् ।

नेपथ्य ‘ म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनुअरी २५ मा डार्बिन स्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट प्रारम्भ हुने छ । त्यसपछि जनवरी २८ तारिखमा एडिलेडस्थित ‘हिण्डले म्यूजिक हल’मा र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’ मा सम्पन्न भएसंगै चौथो प्रस्तुतीको लागि अष्ट्रेलियाकै केन्द्रिय राजधानी क्यानबेरामा पुग्ने छ । फेब्रुअरी ३ तारिख शुक्रबारका दिन त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा ब्याण्डले प्रस्तुती दिनेछ । यसअघि पाँचपटक अष्ट्रेलियाको भ्रमण गरिसकेको ब्याण्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ ।

पाँचौ कन्सर्टका लागि ब्याण्ड ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । फेब्रुअरी ५ तारिख आइतबारका दिन ब्याण्डले त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा आफूलाई उभ्याउनेछ ।
त्यसपछिको नेपथ्यको यात्रा पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले फेब्रुअरी १० तारिख शुक्रबारको दिन आफूलाई ‘होडर्न पभिलियन’मा प्रस्तुत गर्नेछ ।

सिड्नी पछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ । उक्त राज्यको राजधानी मेलबर्नमा ब्याण्डले १३ फेब्रुअरी सोमबारका दिन आफूलाई प्रस्तुत गर्नेछ । कन्सर्टका लागि त्यहाँस्थित ‘फोरम मेलबर्न’ हलको छनौट गरिएको छ । सो हल मेलबर्नकै केन्द्र मानिने फ्लिन्डर्स रेलवे स्टेशन नजिकै रहेको छ ।

त्यसपछिको नेपथ्यको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ । अष्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्नेछ । त्यस राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन नेपथ्यका लोकभाकाहरु घन्कने छन् ।

नेपथ्यको अस्ट्रेलिया यात्राको लागि छ जना संगीतकर्मी सहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिक त्यसतर्फ प्रस्थान गर्दैछ । पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरीको २० तारिकमा सो टोली नेपाल फर्कने योजना रहेको छ ।

अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन् । नेपथ्यको अस्ट्रेलिया यात्रासंग सम्बन्धित सबै जानकारी नेपथ्य को अधिकारिक वेबसाइट www.nepathya.com.np मा उपलब्ध छ ।