• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आहा ! रारा गोल्डकपः मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा



पोखरा । अमेरिकाको भुटनीज युथ सकर क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै भुटनीजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

भुटनीजको जितमा प्रविन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।

१० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।