२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा ! रारा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा



अ+ अ-

पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत संकटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको जितमा स्टेफेन बिनोङ, मेसुकी र सुरजज्यु ठकुरीले एक–एक गोल गरे । आर्मीका लागि एक मात्र गोल नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गरे । अब संकटाले सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफको सामना गर्नेछ ।

जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।