७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली

एडसन नासिमेन्टो कसरी ‘पेले’ बने ?

एडसन नासिमेन्टो कसरी ‘पेले’ बने ?
अ+ अ-

एजेन्सी । महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको हो । उनकी छोरी केली नासिमेन्टोले सामाजिक सञ्जालमा उनको मृत्युको जानकारी दिएकी छन् ।

पेले पेटको क्यान्सरसँग लडिरहेका थिए । उनलाई २९ नोभेम्बरमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको केमोथेरापी मार्फत उपचार गरिएको थियो । तर, उनले त्यसबाट कुनै लाभ पाउन सकेनन् । यसपछि केमोथेरापी रोकियो र दुखाइ कम गर्ने औषधि दिइयो । उनको मृगौला र मुटुको समस्या पनि थियो ।

पेलेलाई नियमित चेकअपका लागि अस्पतालमा भर्ना गरिएको थियो तर बिस्तारै उनको अवस्था बिग्रन थालेपछि अस्पतालले उनलाई मृत घोषणा गरिसकेको छ । पेलेलाई क्यान्सर र मुटुको समस्या थियो । उनको कोलोन ट्युमर सेप्टेम्बर २०२१ मा हटाइयो । त्यसपछि उनलाई केमोथेरापी दिइएको थियो ।

पेले यसअघि पनि पटकपटक चेकअपका लागि अस्पताल भर्ना भएका थिए । हालै कतारमा फिफा विश्वकपको शुरुवातमा पेलेले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा फोटो पोस्ट गर्दै समर्थन गरेकोमा फ्यानहरुलाई धन्यवाद दिएका थिए ।

पेलेको वास्तविक नाम एडसन एरान्टेस डो नासिमेन्टो हो । उनको डिको, पेले र द ब्ल्याक पर्ल उपनाम हुन् । पेलेको जन्म २३ अक्टोबर १९४० मा ब्राजिलमा भएको थियो । उनका तीन श्रीमती छन् । तर कति बालबालिका छन् भन्ने विषयमा विवाद छ ।

पेले आफैंले एक अन्तर्वार्तामा आफूले कति सन्तान छन् भन्ने पनि याद नभएको बताएका छन् । तर, आधिकारिक अभिलेखमा पेलेका ७ सन्तानको नाम छ ।

पेले गरिबीमा हुर्केका थिए, उनका बुबा एक सफाई कर्मचारी थिए । उनले ब्राजिलको साओ पाउलोको सडकमा फुटबल खेल्न थाले । आर्थिक अभावका कारण उनले चिया पसलमा पनि काम गरे ।

पेलेको जन्म हुँदा उनको नाम एडिसन थियो । उनका परिवारका सदस्यहरूले पनि उनलाई मायाले डिको भन्ने गर्थे । उनलाई बाल्यकालदेखि नै फुटबलको लगाब थियो । उनका बुबाले ब्राजिलियन क्लब फ्लुमिनेन्सका लागि खेलेका थिए । तर, पैसाको अभावमा उनी सफाईकर्मी बन्नुपरेको थियो । पेले आफ्नो क्षेत्रमा रहेको स्थानीय क्लब भास्को द गामाका गोलकिपर बिलेलाई निकै मन पराउँथे । जब उनी स्कुलमा फुटबल खेल्थे, साथीहरूले उनलाई पेले भनेर बोलाउन थाले । त्यसपछि उनको नाम पेले राखिएको थियो ।

पेले आफ्ना साथीहरूसँग आफ्नो गल्लीमा फुटबल खेल्थे । गरिबीमा हुर्केका उनीसँग फुटबल किन्न पैसा थिएन । त्यसैले उनीहरू मोजामा कपडाहरु भरेर भरेर, डोरीले बाँधेर खाली खुट्टा खेल्थे ।

१२–१३ वर्षको उमेरमा, पेले आफ्नो गृहनगर बौरुको स्थानीय क्लब रेडियम फुटबल टोलीबाट खेल्न थाले । उनको सहरमा पहिलो पटक ५–५ खेलाडीबीच इन्डोर प्रतियोगिता भएको थियो । उनले यस प्रतियोगितामा भाग लिएर च्याम्पियनसिप जितेका थिए । एउटा प्रतियोगिताको आयोजक समितिले भने उनी नाबालग भएको भन्दै सहभागी हुन दिएनन् । उनले अस्वीकार गरेर झगडा गरी–गरी प्रतियोगिता खेले र त्यसमा सबैभन्दा धेरै गोल गरे। यहाँबाट उनको परिचय नै बदलियो ।

१६ वर्षको उमेरमा, पेले आफ्नो क्लब सान्तोसबाट नियमित रूपमा खेल्न थाले र सोही वर्ष लिगको शीर्ष स्कोरर बने। १९५७ मा, युभेन्टस, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड जस्ता युरोपका ठूला क्लबहरूले उनलाई अनुबन्ध गर्ने प्रयास गरे तर पेले ती क्लबहरूमा सामेल भएनन् ।

उनको पहिलो विवाह १९६६ मा भएको थियो र १९८२ मा सम्बन्ध विच्छेद भयो । पहिलो पत्नीको नाम रोज मारी डोस रेइस थियो । उनका तीन सन्तान थिए । पेलेले सन् १९९४ मा दोस्रो विवाह गरे र सन् २००८ मा सम्बन्धविच्छेद गरे । दोस्रो पत्नीको नाम एसेरिया लेमोस सिक्स थियो । उनले सन् २०१६ मा तेस्रो विवाह गरेका थिए । श्रीमतीको नाम मार्सिया ओकी हो । अहिले उनी पेलेसँगै बस्दै आएकी थिइन् ।

पेले फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक थिए । उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० गरी तीनवटा विश्वकपको उपाधि दिलाएका थिए । तीन विश्वकप उपाधि जित्ने उनी विश्वकै एक मात्र खेलाडी हुन् । उनले ४ विश्वकप खेलेका छन् । जसमध्ये टोलीले तीन पटक उपाधि जितेको छ । उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।

पेलेले ब्राजिलबाट ९२ खेल खेलेका छन् र ७८ गोल गरेका छन् । ब्राजिलका लागि उनीपछिको दोस्रो सर्वाधिक गोलकर्ता नेयमार हुन् । नेयमारले १२४ खेलमा ७७ गोल गरेका छन् ।

पेलेले सन् १९५८ मा पहिलो पटक विश्वकप जितेका थिए । १९५८ को विश्वकपमा वेल्सविरुद्ध ब्राजिलको क्वार्टरफाइनल खेलमा फिफा विश्वकपमा आफ्नो पहिलो गोल गर्दा पेले १७ वर्ष २३९ दिनका मात्र थिए । यसपछि उनी फिफा विश्वकप प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने ।

उनले १७ वर्ष २४४ दिनको उमेरमा विश्वकपको सेमिफाइनलमा फ्रान्सविरुद्ध ह्याट्रिक समेत गरेका थिए । योसँगै उनी ह्याट्रिक गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।उनले फाइनलमा पनि गोल गर्दै ब्राजिललाई विश्वकप जिताए । १८ वर्षको उमेरअघि विश्वकपमा गोल गर्ने पेले विश्वका एक मात्र खेलाडी हुन् ।

फुटबलमा भ्रष्टाचार अन्त्य होस् भनेर सन् १९९५ मा ब्राजिलका राष्ट्रपतिले पेलेलाई खेलकुद मन्त्री बनाएका थिए । यसपछि पेलेको कानुन पनि उनको नाममा बनेको थियो । यसमा सबै व्यावसायिक फुटबल क्लबले २ वर्षभित्र सरकारलाई कर बुझाउनुपर्ने थियो ।