२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालले गरे छुट्टाछुट्टै भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सोमबार बिहान दुवै पार्टीका अध्यक्षद्वयले प्रधानमन्त्री देउवासँग छुट्टछुट्टै भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले निर्वाचनपछि गठबन्धनको सरकार बनाउने विषयमा छलफल सुरु गर्नुभएको छ । सत्तारुढ दलका शीर्ष नेताहरु यही गठबन्धनलाई निरन्तरता दिन सहमत हुनुभएको छ । यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा औपचारिक छलफल भइसकेको छैन ।

नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा शेखर कोइराला, डा शशांक कोइराला, प्रकाशमान सिंहले सरकारको नेतृत्व लिन दाबी प्रस्तुत गरिसक्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले त सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग नेपाल निवास कोटेश्वर गई आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरिसक्नुभएको छ ।

शनिबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरी गठबन्धनकै सरकार बनाउन समझदारी गर्नुभएको थियो । साथै सोमबारको फरक फरक भेटमा उहाँले चुनावी नतिजाको समीक्षा तथा आगामी सरकार गठनका विषयमा छलफल गर्नुभएको बताइएको छ ।

उता नेकपा (एमाले) ले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नेबारे छलफल सुरु गरिसकेको छ । सत्ता गठबन्धनबाटै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ ।