७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका बागी खड्क खत्रीले फिर्ता लिए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क)तर्फ बागी उम्मेदवारी दिएका एमाले नेता खड्क खत्रीले नाम फिर्ता लिएका छन् ।

पार्टीले टिकटका लागि सिफारिस गरेपनि अर्कैलाई टिकट दिएको आरोप लगाउँदै बागी उम्मेदवार दिएका खत्रीले अन्तमा बुधबार सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उक्त क्षेत्रमा डण्डी प्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । नेता खत्री यसअघि कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनिसकेका छन् ।