२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुली–१ मा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी, गठबन्धनलाई समर्थन



Nepali Congress
अ+ अ-

काठमाडौँ । सिन्धुली–१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी रहेका उनले टिकट नपाएपछि बागी उम्मेदवार बनेका थिए ।

सिन्धुली–१ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे उम्मेदवार बनेका छन् ।

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी उनले नाम फिर्ता लिएका हुन् ।

अधिकारीले निर्वाचन आयोगले नाम फिर्ताका लागि दिएको समयमा आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।