२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दोको प्रतियोगिता बागलुङमा



अ+ अ-

बागलुङ ।गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुँदै छ ।

यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा आयोजना गरिएको सो प्रतियोगिता अन्तर्गत आइटिएफ खेलको प्रतिष्पर्धा बागलुङमा गर्न थालिएको छ ।

यही असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेल मैदान स्थित कर्वड हलमा आयोजना गर्न थालिएको नवांै राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीब्रता बनाइएको आइटिएफका केन्द्रीय सचिव तथा बागलुङ नगर उपप्रमुख राजु खड्काले जानकारीदिनुभयो । “राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलो पटक हुदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाई रहेको आइटिएफ खेल जिल्लामा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तीब्र बनाएका छौंं”, उहाँले भन्नुभयो “स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दै छौं, प्रतियोगिताका लागि ५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ ।”

उहाँका अनुसार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो मुल व्यवस्थापन समिति गठन गरिएको छ । समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरेको छ । आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ काश्य पदकका लागि प्रतिष्पर्धा हुने भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगितामा ४५ रेफ्री सहभागी हुनेछन् । खेलको खर्च नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले व्यहोर्ने छ भने स्थानीय व्यवस्थापनको खर्च बागलुङ नगरपालिकाले गर्ने बागलुङ नगर नगर श्रेष्ठले जानकारी दिनुभयो । बागलुङका लागि राष्ट्रिय प्रतियोगिता गर्ने सौभाग्य प्राप्त भएको जनाउँदै तयारीमा जुटेको उहाँले बताउनुभयो ।

खेलको मुख्य समारोह यही असोज २९ गते बागलुङको कला सांस्कृति झल्काउने झाँकी, बाजा गाजा र कला संस्कृति सहितको हुँनेछ । प्रतियोगिताका लागि बागलुङ स्थित बाङ्गेचौर खेलमैदान सहित रहेको कर्वड हल मर्मत गरिएको र बाहिरको प्राङ्गणाई सुधार गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्षकुमार खड्काले बताउनुभयो ।

जिल्लामा आइटिएफमा सर्वाधिक वढी खेलाडी हुनु र राष्ट्रिय प्रतियोगिता समेत बागलुङमा आयोजना हुनेभएकाले खेलाडी वर्गमा उत्साह छाएको छ । नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेश स्तरीय छनौंट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको थियो ।

यही असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सञ्चालनमा आउने सो प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा बागलुङले ४४ स्वार्ण, २२ रजत र १९ काश्य पदक प्राप्त गर्न सफल भएको हो । जिल्लाले गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा सबैभन्दा बढी पदक प्राप्त गरेको छ । सो प्रतियोगितामा १७ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरेको अध्यक्ष खड्काले बताउनुभयो । रासस




भर्खरै