काठमाडौं । नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।
कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको थियो । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानमा गाईजात्रा मनाउन लागिएको हो ।
गाईजात्राको अवसरमा काठमाडौंको वसन्तपुर क्षेत्रमा देखिएका रमणिय दृश्यहरु हेर्नुहोस्…










(फोटोफिचर)








